गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाल प्रेस २७ वैशाख २०८० ६:२६ | Wednesday, May 10, 2023
गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना छ। राति भने देशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित: २७ वैशाख २०८० ६:२६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast