गण्डकीका थप ४ मन्त्रीको शपथ

हिमाल प्रेस २९ वैशाख २०८० १७:०६ | Friday, May 12, 2023
गण्डकीका थप ४ मन्त्रीको शपथ

पोखरा- गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थप ४ मन्त्रीहरूको नियुक्त गर्दै कार्यविभाजनसमेत गरेका छन्। उनले कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री थपेका हुन्।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जितप्रसाद आले मन्त्री नियुक्त भए। माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

अबको मन्त्रिमण्डलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ मन्त्रालयमध्ये सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भूमि व्यवस्थामा महेन्द्रध्वज जिसी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा रेशमबहादुर जुग्जालीले जिम्मेवारी पाएका छन्।

यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जितप्रसाद आलेलाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपेन्द्रबहादुर थापाले पाएका छन्। यसअघि ३ पल्ट मन्त्री बनिसकेका एकीकृत समाजवादीका दीपक मनाङे फेरि मन्त्री बन्ने चर्चा भए पनि उनको स्थानमा आलेले मौका पाए।

प्रकाशित: २९ वैशाख २०८० १७:०६ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast