गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव

हिमाल प्रेस १५ जेठ २०८० १२:२९ | Monday, May 29, 2023
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताउनुभएको छ।

सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरू कटिबद्ध रहेको बताए।

‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैं गर्न सक्षम छन्। देशहितको अर्थ लोकहित हो। यसमा शंका छैन’, उक्त सन्देशमा भनिएको छ,’जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन्। नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ।’

जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी रहेको बताउँदै उनले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १५ जेठ २०८० १२:२९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast