गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ : मन्त्री शर्मा

हिमाल प्रेस १५ जेठ २०८० ७:३९ | Monday, May 29, 2023
गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको बताएकी छन्। गणतन्त्र दिवसका अवसरमा सोमबार (आज) एक सन्देश जारी गर्नै उनले यस्तो बताएकी हुन्।

गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको साथै राजनीतिक, समाजिक, सांस्कृतिक रुपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका लगायत सबै नागरिकले विशिष्ट अधिकार प्राप्त गरेको उनको भनाइ छ।

उनले गणतन्त्र दिवस, २०८० को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गरेकी छन्।

‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका तमाम् आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता तथा घाइते योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता कार्यकर्ता, नागरिक समाज एवम् आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ सन्देशमा उल्लेख छ।

प्रकाशित: १५ जेठ २०८० ७:३९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast