खोटाङमा ट्याक्टरको ठक्करबाट प्रधानाध्यापकको मृत्यु

हिमाल प्रेस ८ जेठ २०८० १२:२५ | Monday, May 22, 2023
खोटाङमा ट्याक्टरको ठक्करबाट प्रधानाध्यापकको मृत्यु सांकेतिक तस्बिर।

खोटाङ– खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को २ त ४६७६ नम्बरको ट्याक्टरलृ किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो।

ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो। प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित: ८ जेठ २०८० १२:२५ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast