बालकृष्ण खाणको गृहजिल्लामा भ्रष्टाचारविरुद्ध प्रदर्शन(तस्बिरसहित)

हिमाल प्रेस ३० वैशाख २०८० ११:१६ | Saturday, May 13, 2023
बालकृष्ण खाणको गृहजिल्लामा भ्रष्टाचारविरुद्ध प्रदर्शन(तस्बिरसहित)

काठमाडौँ- पूर्व गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीमा आज भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ।

युवाहरूले भ्रष्टाचार रोक्नुपर्ने भन्दै प्ले कार्डं बोकेर प्रदर्शन गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिपछि खाण भने अहिले प्रहरी हिरासतमा छन्। खाणलाई नक्कली भुटानी प्रकरणमा सामेल भएर अवैधरूपमा रकम लिएको आरोप छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो।

यो खाणको निर्वाचन क्षेत्र रुपन्देही ३ हो। गत चुनावमा भने खाण प्रतिनिधिसभा सदस्यमा पराजीत भएका थिए।

प्रकाशित: ३० वैशाख २०८० ११:१६ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast