पोखरा– पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखराको मालेपाटनमा क्रेनको ठक्करले पैदलयात्रुको मृत्यु भएको छ।
ग१क ५८०५ नम्बरको क्रेनले बिहीबार बेलुका बाटो काट्ने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ७, लाहाचोक निवासी ३८ वर्षीया धना अधिकारीलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०८० २०:५२ | Friday, May 12, 2023
प्रतिक्रिया



