कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस २९ वैशाख २०८० ६:५० | Friday, May 12, 2023
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र मधेशका साथै बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २९ वैशाख २०८० ६:५० | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast