कृषकलाई अनुदानमा कृषि सामग्री

हिमाल प्रेस २९ वैशाख २०८० १३:१३ | Friday, May 12, 2023
कृषकलाई अनुदानमा कृषि सामग्री

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो।

ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट)लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

करिब १० लाख रुपैयाँ बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिए।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको बताए।

उनले पछिल्लो समय युवाको कृषिमा सहभागीता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग पुग्नेमा चर्चा गरे।

प्रकाशित: २९ वैशाख २०८० १३:१३ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast