कालापानीलगायत नेपाली भूमि फिर्ताबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस १३ जेठ २०८० २१:०३ | Saturday, May 27, 2023
कालापानीलगायत नेपाली भूमि फिर्ताबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छ : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायत नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गरिने बताएका छन्।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले गरे। शनिबार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास रहेको पनि बताए।

उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए। ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भीर रूपले ध्यान छ,’ उनले भने, ‘यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन्। पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ। र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ।’

प्रकाशित: १३ जेठ २०८० २१:०३ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast