 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।
प्रचण्ड नेतृत्वको सरकारमा खड्का र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री रहेकोमा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा रहेका खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई बुधबार (आज) कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक र औपचारिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।
                            प्रकाशित: १७ जेठ  २०८० १३:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 