कार्ययोजना निर्माण गर्न एमालेको स्थायी कमिटी बस्दै, त्यसलगत्तै केन्द्रीय कमिटी पनि बस्ने

हिमाल प्रेस ३० वैशाख २०८० ७:०६ | Saturday, May 13, 2023
कार्ययोजना निर्माण गर्न एमालेको स्थायी कमिटी बस्दै, त्यसलगत्तै केन्द्रीय कमिटी पनि बस्ने

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको वार्षिक कार्ययोजना तयार पार्न बैठक बस्न लागेको हो।

गत बिहिबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षिक कार्ययोजना बनाउन लागेको हो।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ। बैठक अहिले ८ बजे सुरु हुनेछ। स्थायी कमिटीले कार्ययोजना बनाएलगत्तै केन्द्रीय कमिटी बस्नेछ।

शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो।

जसअनुसार गण्डकीबाट पदमा अर्याल, बागमतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए।

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो। आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रकाशित: ३० वैशाख २०८० ७:०६ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast