काभा महिला भलिबल : नेपालको सजिलो जित

हिमाल प्रेस ८ जेठ २०८० १८:२३ | Monday, May 22, 2023
काभा महिला भलिबल : नेपालको सजिलो जित

काठमाडौँ- नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा किर्गिजस्तानलाई पराजित गरेको छ। विजयी सुरुवात गर्न नेपालले किर्गिजस्तानलाई २५-११, २५-१९ र २५-११ ले पराजित गरेको हो।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा किर्गिजस्तानलाई हराएसँगै नेपालले तीन अंक बटुल्यो। नेपाल रहेको समूह ‘ए’ मा भारतको पनि तीन अंक छ। भारतले सोमबार बंगलादेशलाई हराएको थियो।

सोमबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। च्यालेन्ज कप नेपालले आयोजना गरेको सबैभन्दा उपल्लो श्रेणीको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता हो। प्रतियोगितामा कुल आठ टिम सहभागी छन्। जसलाई दुई समूहमा बाँडिएको छ। दुई समूहका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्।

प्रकाशित: ८ जेठ २०८० १८:२३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast