काभा महिला भलिबल : उज्वेकिस्तान र भारत विजयी, नेपाल किर्गिजस्तानसँग भिड्दै

हिमाल प्रेस ८ जेठ २०८० १७:४३ | Monday, May 22, 2023
काभा महिला भलिबल : उज्वेकिस्तान र भारत विजयी, नेपाल किर्गिजस्तानसँग भिड्दै

काठमाडौँ- काठमाडौँमा सोमबारबाट सुरु काभा महिला भलिबल च्यालेन्ज कपमा सोमबार उज्वेकिस्तान र भारतले जित हात पारेका छन्। पहिलो दिनको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई र भारतले बंगलादेशलाई पन्छाएका हुन्।

प्रतियोगिताको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई २७-२५, २५-२० र २५-१४ ले पराजित गरेको हो। सुरुका दुई सेटमा बलियो सुरुवात गरे पनि आखिरमा उज्वेकिस्तानसामु श्रीलंकको केही सीप चलेन।

त्रिपुरेश्वरस्थित कभर्डहलमा समूह ‘बी’ को आफ्नो पहिलो खेल जितेपछि उज्वेकिस्तान स्पष्ट तीन अंकका साथ शीर्षस्थानमा छ। यो समूहमा माल्दिभ्स र कजाकिस्तान पनि छन्। यी दुई सोमबार साँझ नै आमनेसामने हुँदैछन्।

सोमबारको दोस्रो खेलमा भारतले दक्षिण एसियाली विपक्षी बंगलादेशलाई २५-३, २५-९ र २५-६ ले पराजित गर्‍यो। प्रतियोगिताको दाबेदार मानिएको भारत तीन अंकका साथ समूह ‘ए’ को पहिलो स्थानमा छ। यही समूहमा रहेको नेपालले अहिले किर्गिजस्तानको सामना गरिरहेको छ।

च्यालेन्ज कप नेपालले आयोजना गरेको सबैभन्दा उपल्लो श्रेणीको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता हो। प्रतियोगितामा कुल आठ टिम सहभागी छन्। जसलाई दुई समूहमा बाँडिएको छ। दुई समूहका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्।

प्रकाशित: ८ जेठ २०८० १७:४३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast