काठमाडौँ– सरकारले काठमाडौंको बागमती तथा बिष्णुमती नदी आसापासका अनाधिृकत बस्ती हटाइने बताएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्। नदी किनार मिचेर बनाइएका बस्तीहरु हटाइने उनको भनाइ छ।
यो सँगै बागमती नदीको पानीको फ्लो कायम राख्नका लागि सुख्खायाममा पानीको बहाब बढाइराख्न शिवपुरी राष्ट्रिय निकुन्जमा बागमती ड्याम बनाइने उनले बताएका छन्।
प्रकाशित: १५ जेठ २०८० १८:३१ | Monday, May 29, 2023
प्रतिक्रिया




