कांग्रेसलाई राजनीतिक दलको संज्ञा दिन पनि मन लाग्दैन : ओली

हिमाल प्रेस ३ जेठ २०८० ११:०१ | Wednesday, May 17, 2023
कांग्रेसलाई राजनीतिक दलको संज्ञा दिन पनि मन लाग्दैन : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। बुधबार काठमाडौँमा मदन-आश्रितको ३१औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताएका हुन्।

उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे। उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो, देश यस्तो गम्भीर परिस्थितिमा छ,’ उनले भने, ‘एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’

उनले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको बताए।

प्रकाशित: ३ जेठ २०८० ११:०१ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast