कर्मचारीका ट्रेड युनियन खारेज गर्न ज्ञानेन्द्र शाहीको माग

हिमाल प्रेस १० जेठ २०८० १४:३० | Wednesday, May 24, 2023
कर्मचारीका ट्रेड युनियन खारेज गर्न ज्ञानेन्द्र शाहीको माग राप्रपा सांसद ज्ञानेन्द्र शाही। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारी कर्मचारीका ट्रेड युनियन खारेज गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकारी कर्मचारीका ट्रेड युनियन खारेज गर्न माग गरेका हुन्।

ट्रेड युनियनहरूकै कारण मुलुकका उद्योगधन्दा, कलकारखाना बन्द भएकाले सरकारले ट्रेड युनियनहरू खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको भनाइ थियो।

मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको बिक्रीवितरण खुला हुनुपर्ने शाहीले बताए। बाहिरबाट आउने मदिरामा प्रतिबन्ध लगाउनु पर्ने उनको भनाए थियो।

‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। यो ट्रेड युनियन भन्ने छ नि। यसलाई खारेज गरिदिनुस्,’ उनले भने, ‘यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ।’ त्यस्तै भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि शाहीले दिए।

भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने उनको भनाइ थियो। नीति तथा कार्यक्रमलाई रेस्लिङ गेमजस्तो बनाउन नहुने पनि उनले बताए।

प्रकाशित: १० जेठ २०८० १४:३० | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast