कपिलवस्तु कहिल्यै भारतको अंग थिएन : कमल थापा

हिमाल प्रेस १६ जेठ २०८० १०:१० | Tuesday, May 30, 2023
कपिलवस्तु कहिल्यै भारतको अंग थिएन : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अखण्ड भारत आफैंमा अमूर्त अवधारणा भएको बताएका छन्। भारतले नयाँ संसद् भवनमा लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा राखेपछि उनले आपत्ति जनाउँदै यस्तो बताएका हुन्। मंगलबार ट्विट गर्दै उनले कपिलवस्तु राज्य प्राचीनकालमा समेत कहिल्यै भारतको अंग नभएको पनि दाबी गरे।

‘इतिहासमा कहिल्यै पराधीन नभएको नेपालका लुम्बिनी, कपिलवस्तुजस्ता भूभागहरूलाई राखेर भारतले नयां संसद् भवनमा नक्सा राख्नु आपत्तिजनक, अशोभनीय छ,’ उनले लेखेका छन्, ‘२६ सय वर्षअघिको कोशाला देशअन्तर्गतको कपिलवस्तु राज्य प्राचीनकालमा समेत कहिल्यै भारतको अंग थिएन। अखण्ड भारत आफैंमा अमूर्त अवधारणा हो।’

प्रकाशित: १६ जेठ २०८० १०:१० | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast