 
                             
                                            काठमाडौँ- सुशीला भुसालद्वारा लिखित दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ। नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ती दुई उपन्यासको सोमबार लोकार्पण गरेका हुन्। तरेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लोकार्पण गरिएको हो।
ज्ञवालीले ‘कठघरा’ उपन्यास १० वर्षे सशस्त्र जनयुद्धमा केन्द्रित भएर लेखिएको भन्दै त्यतिबेला मानिसहरूको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको बताए। माओवादी सशस्त्र द्वन्द्व र त्यसको अवतरणपछि नेपालीमा समाजमा पारेको कुरालाई पनि उपन्यासमा उल्लेख गरिएको उनको भनाइ छ। उनका अनुसार ‘येलो सुइट’मा सम्पत्तिले मात्रै सन्तुष्टि प्राप्त गर्न सकिँदैन भन्ने कुरा समेटिएको छ।
‘येलो सुइट’माथि टिप्पणी गर्दै डा. विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताइन्। उनले उपन्यासले सामूहिक नेतृत्व निर्माण गर्न महिलाले खेलेको भूमिकाको चित्रण गरिएको बताइन्। राष्ट्रिय जनसाहित्य संघका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताए।
लेखक भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखेभोगेका कुरालाई उतारिएको बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 