ओलीका स्वकीय हुन् कि मेरा बयान दिनुपर्छ : योगेश भट्टराई

हिमाल प्रेस १० जेठ २०८० २०:३६ | Wednesday, May 24, 2023
ओलीका स्वकीय हुन् कि मेरा बयान दिनुपर्छ : योगेश भट्टराई

काठमाडौँ- नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी महानिरीक्षक बसन्त कुँवरमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्। बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले महानिरीक्षक कुँवरको पनि नाम जोडिएको भन्दै बयान लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ। आईजीपी’सावले पनि आएर बयान दिनु पर्छ। म त भन्छु–बसन्त कुँवरजीलाई। यदि तपाईको संलग्नता छैन भने तपाईंमाथि उठेका प्रश्न क्लिएर गर्नुस्। त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस्।’

सचिव भट्टराईले सो प्रकरणको छानबिनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले ज–जसको नाम आएको छ, ति सबैलाई छानबिनमा तान्नुपर्ने बताए। उनले सो प्रकरणमा नाम जोडिएका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पनि बयान दिनुपर्ने बताए।

‘अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि। म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ’ उनले भने, ‘तपाईंको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु।’

प्रकाशित: १० जेठ २०८० २०:३६ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast