एमालेले भन्याे- आम नागरिकले थेग्नै नसक्ने महंगी भएको छ

हिमाल प्रेस ३० वैशाख २०८० २१:२० | Saturday, May 13, 2023
एमालेले भन्याे- आम नागरिकले थेग्नै नसक्ने महंगी भएको छ

काठमाडौँ- नेकपा एमालेले आम नागरिकले थेग्नै नसक्ने गरी महंगी बढेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा उक्त निष्कर्ष निकालिएको हो। ‘आम नागरिकले थेग्नै नसक्ने गरी महंगी बढिरहेको छ,’ एमाले केन्द्रीय कमिटीमा गरिएको प्रस्तावमा भनिएको छ, ‘सरकारका गलत आर्थिक नीति, कोलो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजारजस्ता कुराले तीव्र रूपमा मूल्यवृद्धि भइरहेको छ।’

बजारमा शिथिलता आएको र रोजगारीका अवसरहरू घटेका एमालेले औँल्याएको छ। आय आर्जनका सामान्य विकल्पहरू पनि बन्द भएका एमाले केन्द्रीय कमिटीको निष्कर्ष छ।

‘बजार भाउ अचाक्ली बढेकाले नागरिकको चुलो बाल्नै धौधौ भइरहेको छ,’ एमालेले भनेको छ। वैशाख २८ गतेदेखि सुरु भएको एमाले केन्द्रिीय कमिटीको बैठक शनिबार सकिएको हो।

प्रकाशित: ३० वैशाख २०८० २१:२० | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast