एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवेदनमाथि समूहगत छलफल

हिमाल प्रेस २९ वैशाख २०८० ६:५९ | Friday, May 12, 2023
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ । हिजो (बिहीबार)देखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि(शनिबार)सम्म चल्नेछ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ ।

केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरूमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ। आजै स्थायी कमिटीको बैठक बस्ने छ। प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ।

 

 

प्रकाशित: २९ वैशाख २०८० ६:५९ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast