एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

हिमाल प्रेस २८ वैशाख २०८० ६:५७ | Thursday, May 11, 2023
एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० वैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो। आजबाट सुरु हुने बैठकमा भुटानी शरणार्थीका विषयमा पनि छलफल हुनेछ।

पार्टी नेताहरू नै सोही प्रकरणमा जोडिएका छन्। पार्टीका दोस्रो स्तरका नेताले निष्पक्ष छानबिन हुन दिनुपर्ने माग राख्दै आएका छन्।

प्रकाशित: २८ वैशाख २०८० ६:५७ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast