एनसेल माई प्लान : आवश्यकताअनुसार आफै प्याक लिन सकिने

हिमाल प्रेस ४ जेठ २०८० २०:०८ | Thursday, May 18, 2023
एनसेल माई प्लान : आवश्यकताअनुसार आफै प्याक लिन सकिने

काठमाडौँ- एनसेलका ग्राहकले अब आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफै बनाउन सक्ने भएका छन्। एनसेल आजियाटा कम्पनीले बिहीबार ‘एनसेल माई प्लान’ सार्वजनिक गर्दै उक्त सुविधा ल्याएको हो।

उक्त प्लानमा ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफै बन्डल प्याक बनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। नेपालमा यस किसिमको आफै प्याक बनाउन सक्ने स्किम पहिलो पटक नेपालमा ल्याइएको एनसेल कम्पनीले दाबी गरेको छ।

‘इन्टरप्राइज ग्राहकलाई लक्षित एनसेल फर बिजनेश सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त सुविधामा ‘माई प्लान ५००’ र ‘माइ प्लान फ्लेक्सी’ गरी दुइटा विकल्प छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक लिन सक्ने विज्ञप्तिमा उललेख छ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले प्रत्येक ३० दिनमा उक्त प्लान सुरु गर्न सक्नेछन्। माइ प्लान ५०० को करसहित ५ सय रुपैयाँ पर्ने कम्पनीले उल्लेख गरेको छ। त्यसमा ग्राहकले ५ सय रुपैयाँबराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्नेछन्।

त्यस्तै फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले ५ सयभन्दा बढी मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीले बताएको छ।

यसका साथै प्लानमा पाइने सेवाबाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क पाउने कम्पनीले बताएको छ।

यसरी पाएको अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिनेछ।

प्रकाशित: ४ जेठ २०८० २०:०८ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast