एक महिनामा ९ हजारभन्दा बढी अफगानीले दिए शरणका लागि आवेदन

हिमाल प्रेस १३ जेठ २०८० २०:०३ | Saturday, May 27, 2023
एक महिनामा ९ हजारभन्दा बढी अफगानीले दिए शरणका लागि आवेदन

काबुल- युरोपेली जनगणना ब्युरोका अनुसार गत अप्रिलमा ९ हजारभन्दा बढी अफगानी नागरिकले ईयू सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन्। खामा प्रेसका अनुसार यसरी शरण आवेदनहरू दिनेको उक्त संख्या एक महिनाको मात्रै हो।

युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको सुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा ७६ हजार ५०० व्यक्तिले ईयूमा शरणका लागि आवेदन बुझाएका छन्। यो संख्या गत वर्षको तुलनामा ४० प्रतिशतले बढी हो।

उपलब्ध तथ्यांकका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक ५४ हजार ३ सय ७० जना रहेको थियो। तथ्यांकअनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा ईयू सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हो।

त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमा मात्र केन्द्रित छ भने जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन्। खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५ हजारभन्दा बढी आवेदनहरू प्राप्त गरेको छ।

युरोपेली संघको तथ्यांकअनुसार नयाँ शरणार्थीहरूमध्ये २ हजार ७ सय ४५ अभिभावकबिहीन नाबालिग छन् भने १ हजार २५ अफगान नागरिक छन्। रासस/एएनआई

प्रकाशित: १३ जेठ २०८० २०:०३ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast