एकैदिन बस्यो प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिको बैठक

हिमाल प्रेस २ जेठ २०८० ११:०९ | Tuesday, May 16, 2023
एकैदिन बस्यो प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिको बैठक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू। तस्बिरः रासस

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको १० वटा विषयगत समितिहरूको बैठक बसेको छ। समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित आआफ्नो कार्यालयमा बसेको हो।

सबै समितिहरूको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरूले गरेका छन्। सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन्।

पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले गरे।

त्यसै गरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समितिको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतित्व राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले गरेका छन्।

त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली कांग्रेसका सन्तोष चालिसेले गरेका छन्।

प्रकाशित: २ जेठ २०८० ११:०९ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast