उपमेयर डंगोलको गुनासो : नतिजा देखिने गरी काम गर्न सकिएन

हिमाल प्रेस १२ जेठ २०८० २०:२१ | Friday, May 26, 2023
उपमेयर डंगोलको गुनासो : नतिजा देखिने गरी काम गर्न सकिएन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारीले उपप्रमुख र उपाध्यक्षलाई वैकल्पिक जिम्मेवारी रहेको रूपमा हेर्ने गरेको गुनासो गरेकी छन्।

नेकपा एमालेको स्कुल विभागले शुक्रबार आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो गुनासो गरेकी हुन्। उनले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले संस्थाभित्र नै उपप्रमुख र उपाध्यक्षलाई वैकल्पिक जिम्मेवारीको पदका रुपमा लिने गरेको पाएको बताइन्।

उनले भनिन्, ‘देशभरको प्रतिनिधित्व गरेर भन्दा उपप्रमुख उपाध्यक्षलाई जनप्रतिनिधि र कर्मचारीले पनि वैकल्पिक जिम्मेवारी पद हो भनेर लिएको हामीले पाएका छौँ।’

डंगोलले कुनै एउटा स्थानीय तहमा मात्रै नभई सबैमा यस्तो सोच रहेको दाबी गरिन्। उपप्रमुख र उपाध्यक्षको कार्यसम्पादनमा साधन र स्रोत अभावले निर्णायक भूमिका नरहेको उनको भनाइ छ।

उनले भनिन्, ‘उपप्रमुख उपाध्यक्षको भूमिका समन्वय, अनुगमन, विवाद निरुपण र सहजीकरणमा छ। तर धेरैतिर जिम्मेवारी फैलिएको हुँदा पनि नतिजा देखिने खालको मूर्त रुपको काम गर्न भूमिकाले दिएको छैन।’

प्रकाशित: १२ जेठ २०८० २०:२१ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast