उद्योगमन्त्री रिजाल र चिनियाँ राजदूतबीच भेटवार्ता

हिमाल प्रेस ८ जेठ २०८० १८:५१ | Monday, May 22, 2023
उद्योगमन्त्री रिजाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउनेलगायत विषयमा कुराकानी भएको थियो।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चिनियाँ राजदूत सङको प्रशंसा गरे। आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेकोसमेत मन्त्री रिजालले बताए।

चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाउँदै रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेकोप्रति नेपालको उच्च सम्मान रहेको बताए।
मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीन बीचको व्यापार सहजीकरण गर्न दुई देशबीच रहेको विभिन्न संयन्त्रको स्मरणसमेत गराए।

पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठक समेत बस्न नसकेको बताउँदै मन्त्री रिजालले काठमाडौँ र बेइजिङबीच स्थापित संयन्त्रको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवद्र्धन तथा सहजीकरण गर्न आग्रह गरेका छन्।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा आभार व्यक्त गरे। द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको बताउँदै राजदूत सङ्ले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए।

प्रकाशित: ८ जेठ २०८० १८:५१ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast