उदयपुरको लालबजार अशान्त, प्रहरी टोलीमाथि आक्रमण

हिमाल प्रेस ५ जेठ २०८० १८:०५ | Friday, May 19, 2023
उदयपुरको लालबजार अशान्त, प्रहरी टोलीमाथि आक्रमण

उदयपुर- टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएपछि उदयपुरको बेलका नगरपालिका–४ को लालबजार शुक्रबार तनावग्रस्त बनेको छ।

मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण समाग्री ढुवानी गर्ने टिपरको ठक्करबाट स्थानीय एन्जिला राना मगरको मृत्यु भएपछि घटनास्थल क्षेत्र तनावग्रस्त बनेको हो। आक्रोशित भीडले राजमार्गमा चल्ने २ वटा टिपर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगो लगाएका छन्।

आगो निभाउन गएको चौदण्डीगढी नगरपालिकाको वारुणयन्त्रमा समेत आक्रोशित स्थानीयले तोडफोड गरेका छन्। घटना नियन्त्रणका लागि पुगेको इलाका प्रहरी कार्यालय बेल्टारको थप टोलीमाथिसमेत आक्रमण गरेकाले सदरमुकाम गाईघाटबाट थप प्रहरी टोली परिचालन गरिएको छ।

बालिकालाई ठक्कर दिने प्रदेश नंं २–०३ ख ४३०९ नम्बरको टिपर र चालक इलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा रहेको छ।

प्रकाशित: ५ जेठ २०८० १८:०५ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast