इटहरीस्थित यातायात कार्यालयबाट २२ जना बिचौलिया पक्राउ

हिमाल प्रेस ३ जेठ २०८० १८:२६ | Wednesday, May 17, 2023
इटहरीस्थित यातायात कार्यालयबाट २२ जना बिचौलिया पक्राउ

इटहरी– इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालयबाहिर रहेका लेखापढी व्यवसायीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो।

इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले २२ जना लेखापढी व्यवसायीलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार लेखापढीमा सटर खोलेर बसेकाहरूले गाडीहरूको फायल गायब पारिदिने, लुकाइदिने र सेवाग्राहीहरूसँग पैसा मागेपछि प्रहरीले छापा मारेको थियो। उनीहरूलाई दिउँसो २ बजेतिर पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ जेठ २०८० १८:२६ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast