फाइल तस्बिर
काठमाडौँ– मंगलबार (आज) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुने कार्यक्रम छ।
प्रकाशित: ९ जेठ २०८० ७:३८ | Tuesday, May 23, 2023
प्रतिक्रिया




