आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका प्रश्‍नको जवाफ दिने

हिमाल प्रेस १२ जेठ २०८० ६:४६ | Friday, May 26, 2023
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका प्रश्‍नको जवाफ दिने फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक शुक्रबार (आज) बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने छन्।

संघीय संसद सचिवालयले जारी गरेको दैनिक कार्यसूचीका अनुसार नीति तथा कार्यक्रममा बाँकी केही सांसदले टिप्पणी गर्ने छन्। ती प्रश्नको पनि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने छन्। राष्ट्रियसभाबाट प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ भने संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी प्रतिनिधिसभाको आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ जेठ २०८० ६:४६ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast