आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

हिमाल प्रेस १६ जेठ २०८० ६:१८ | Tuesday, May 30, 2023
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– मंगलबार (आज) सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मौसममा यस्तो बदली देखिने भएको हो।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: १६ जेठ २०८० ६:१८ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast