आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

हिमाल प्रेस १० जेठ २०८० ६:२५ | Wednesday, May 24, 2023
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ– बुधबार मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको हो।

कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। यस्तै पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १० जेठ २०८० ६:२५ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast