काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले आजका लागि घोषित बन्द फिर्ता लिएको छ।
यस बीचमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी विधेयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो। सर्वोच्च अदालतले उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीलाई रिहाइ नदिएको भन्दै बन्दको घोषणा गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी विधेयक संसद्मा टेबुल भइसकेकाले राजबन्दीको रिहाइ कानुन संशोधन गरेर निकाल्ने प्रतिबद्धता गरेको भन्दै बन्द घोषणा फिर्ता लिइएको उन्मुक्तिले जनाएको छ।
प्रकाशित: ६ जेठ २०८० ७:३७ | Saturday, May 20, 2023
प्रतिक्रिया





