आगामी बजेट : बालेनले बनाए अनलाइन सुझाव संकलन पोर्टल, जेठ ९ गतेभित्र पठाउनुपर्ने

हिमाल प्रेस २७ वैशाख २०८० १७:४५ | Wednesday, May 10, 2023
आगामी बजेट : बालेनले बनाए अनलाइन सुझाव संकलन पोर्टल, जेठ ९ गतेभित्र पठाउनुपर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)शाहले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट निर्माणका लागि सुझाव माग गरेका छन्। महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सुझाव संकलन पोर्टल बनाएको छ।

सो पोर्टलको लिंक सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै मेयर बालेनले सुझाव माग गरेका छन्। ‘महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन्।’

पोर्टलमा दिइएका शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिने मेयर बालेनले लेखेका छन्।

नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण आगामी जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने महानगरपालिकाले बताएको छ।

प्रकाशित: २७ वैशाख २०८० १७:४५ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast