आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गरिँदै

हिमाल प्रेस १५ जेठ २०८० ६:२४ | Monday, May 29, 2023
आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गरिँदै

काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट सोमबार (आज) प्रस्तुत हुँदैछ। सरकारले प्रत्येक जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने तयारीअनुसार आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्न लागेको हो।

आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम छ। सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई दिएको सुझावअनुसार बजेट प्रस्तुत गरिँदै छ।

प्रकाशित: १५ जेठ २०८० ६:२४ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast