आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र

हिमाल प्रेस १५ जेठ २०८० ९:०८ | Monday, May 29, 2023
आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो वर्ष गणतन्त्र दिवस नआओस् भन्ने कामना गरेका छन्। गणतन्त्र दिवसकै दिन आज (सोमबार) ट्विट गर्दै उनले अहिलेको पुस्ता सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको भन्दै ‘कुसन संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक भएको बताएका हुन्।

पूर्वराजा ज्ञानेन्द्रसँग सेल्फी खिचिरहेकी बालिकाको भिडियो सार्वजनिक गर्दै उनले ती बालिकाको पुस्ताका लागि बस्नयोग्य देश छोडेर जान पनि आह्वान गरेका छन्। ‘जसका लागि ‘कुसन संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा आन्तरिक र भूराजनीतिक संकट आइपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासिलो संस्था कुनै हुने छैन,’ उनले भने, ‘इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऔँ। राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।’

प्रकाशित: १५ जेठ २०८० ९:०८ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast