काठमाडौँ- ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच ग्राहकलाई छुट दिनेसम्बन्धमा सम्झौता गरिएको छ। सम्झौताअनुसार अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट पाइनेछ।
सम्झौतापत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्त्तानी गर्दा सुविधाअनुसार पाँचदेखि ४५ प्रतिशतसम्म छुट दिइनेछ।
प्रकाशित: १६ जेठ २०८० १९:४५ | Tuesday, May 30, 2023
प्रतिक्रिया





