असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

हिमाल प्रेस ९ जेठ २०८० २१:२१ | Tuesday, May 23, 2023
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने शिक्षा मन्त्रालय

काठमाडौँ- सरकारले प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिइन्।

नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी प्रत्येक असोज २ गते शिक्षा दिवस मनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताए।

संघीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन्। दिवसको अवसरमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेका र स्नाताकोत्तर, स्नातक तहमा सर्वाेत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार दिइने प्रवक्ता शर्माले बताए।

प्रकाशित: ९ जेठ २०८० २१:२१ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast