‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक

हिमाल प्रेस २ जेठ २०८० १६:३१ | Tuesday, May 16, 2023
‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक

काठमाडौँ- अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा वाच म्याजिक’ बजारमा ल्याएको छ। अल्टिमा वाचले प्रभावशाली ध्वनिसहित उत्कृष्ट प्रदर्शन दिने दाबी सहित मंगलबार सार्वजनिक गरिएको हो।

उक्त अत्याधुनिक स्मार्ट वाच आकर्षक मूल्यमा पाइने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार सो स्मार्ट वाचको मूल्य ३ हजार ५ सय ९९ रुपैयाँ रहेको छ। उक्त स्मार्ट वाच अनलाइन पनि खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले छ। यसमा उच्च प्रविधिको स्वास्थ्य जाँच्ने क्षमता साथै पातलो र आरामदायक प्रिमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ। यसले दिनभर घडी लगाउन सकिने कम्पनीले बताएको छ।

यो स्मार्ट वाच ‘आईपी ६८’ पानी प्रतिरोधक छ। यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिङ प्रविधि पनि रहेकाले यसले प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३ डिस्प्ले सहितको बीटी कलिङ (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ।’

प्रकाशित: २ जेठ २०८० १६:३१ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast