अर्थमन्त्रीलाई सिके राउतको सुझाव : बजेट बनाउँदा विदेश गएका युवा र किसानको फोटो अघि राख्नू

हिमाल प्रेस २६ वैशाख २०८० १५:२८
अर्थमन्त्रीलाई सिके राउतको सुझाव : बजेट बनाउँदा विदेश गएका युवा र किसानको फोटो अघि राख्नू फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी बजेट किसानमैत्री बनाउन अर्थमन्त्री प्रकाशशरण महतलाई आग्रह गरेका छन्। आज मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै विदेश गएका युवा र गाउँका किसानको तस्बिर अघि राखेर बजेट बनाउन सुझाव दिएका हुन्।

‘बजेट बनाउँदा कमसेकम तपाईंले विदेशमा गएका मजदुरहरूको तस्बिर अघि राख्नुस्। गाउँमा रहेका किसान मेलापात गएर फर्किन्छन्, आफ्नो बच्चाको समक्ष नजवाफ हुन्छन्,’ उनले भने, ‘उनीहरूको तस्बिर राखेर बनाउनुस्। प्रेम आचार्यहरूले गरेर खाने वातावरण बनोस्।’

राउतले बजेट योजनामार्फत यथार्थमा परिणत गर्ने गरी काम गर्न पनि सुझाव दिए।

प्रकाशित: २६ वैशाख २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast