अब हिमालको पानीलाई ‘ब्रान्डिङ’ गरिने

हिमाल प्रेस १५ जेठ २०८० १८:०५ | Monday, May 29, 2023
अब हिमालको पानीलाई ‘ब्रान्डिङ’ गरिने संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले हिमालको पानीलाई ‘ब्रान्डिङ’ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ‘ब्रान्डिङ’ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका हुन्।

उनले नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको समेत बताए।

प्रकाशित: १५ जेठ २०८० १८:०५ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast