‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १७ जेठ २०८० १५:१६ | Wednesday, May 31, 2023
‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ। आज (बुधबार) ओएसआर युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो।

दुई मिनेट १७ सेकेन्डको ट्रेलरमा विजय लामा, दीया पुन, त्रिचु राईलगायत फिल्मका प्रायः कलाकार अटाएका छन्।

विजय, दीया, र त्रिचुसहित फिल्ममा अन्य कलाकार एवनराज उप्रेती, त्रिचन्द्र राई, कृष्ण श्रेष्ठ, रेश्मा धिमिरे, पासाङ लामा, विशाल पहारी, सरोज खालिङ राई, दिग्गज खत्रीलगायतको अभिनय छ।

आगामी असार ८ गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादनमा बनेको फिल्म सामाजिक कथामा आधारित छ।

विनोद सुवेदी क्षितिज र नवीनकुमार शाहीको संयुक्त लगानी रहेको फिल्म साई प्रोडक्सन नेपालको ब्यानरमा बनको बनेको छ।

प्रकाशित: १७ जेठ २०८० १५:१६ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast