अनुप्रस्थ फाउन्डेसनले जेठ ६ गते च्यारिटी कन्सर्ट गर्ने

हिमाल प्रेस १ जेठ २०८० २२:०७ | Monday, May 15, 2023
अनुप्रस्थ फाउन्डेसनले जेठ ६ गते च्यारिटी कन्सर्ट गर्ने

काठमाडौँ- चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले शनिवार (जेठ ६ गते) नक्सालमा ‘म्युजिक टु हिल एन्ड हेल्प’नामक च्यारिटी कन्सर्ट गर्ने भएको छ।

नक्सालस्थित काल्म, टङगालवुडमा अनुप्रस्थ फाउन्डेसनले च्यारिटी कन्सर्ट गर्न लागेको हो। गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कन्सर्ट आयोजना गरिएको आयोजकले बताएकाे छ।

च्यारिटी कन्सर्टमा अनुप्रस्थ, सविन राई एन्ड द फारोह, कबवेब, द एस्क ब्यान्ड, द एलिमेन्ट्स, इन्दिरा जोशी एन्ड ब्यान्ड, परिवर्तन ब्यान्ड, पहेँलो बत्ती मुनिलगायतका ब्यान्डसहित स्वप्निल शर्मा, मेलिना राई, दोङ र क्याप्टेन विजय लामाको सहभागिता रहनेछ।

कन्सर्टमा सहभागी हुन व्यक्तिगत र संस्थागत गरी दुईप्रकारको टिकटको व्यवस्था गरिएको छ। व्यक्तिगत टिकटको दर दुई हजार रुपैँया रहेको छ भने संस्थागततर्फ दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

कन्सर्टमा जम्मा भएको रकम क्यान्सर रोगीको लागी सहयोग गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: १ जेठ २०८० २२:०७ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast