काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत विदेश भ्रमणमा कडाइ गर्ने भएको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन्।
साधारण खर्चमा मितव्ययिता अप्नाउने रणनीतिअन्तर्गत वैदेशिक भ्रमणमा कडाइ गरिने भएको हो। ‘नेपाल सरकारबाट अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ,’ मन्त्री महतले भने।
प्रकाशित: १५ जेठ २०८० १७:०९ | Monday, May 29, 2023
प्रतिक्रिया




