अब अध्यापन अनुमतिपत्र लिन शिक्षा संकाय नै पढ्नु नपर्ने

हिमाल प्रेस १५ जेठ २०८० १८:०४ | Monday, May 29, 2023
अब अध्यापन अनुमतिपत्र लिन शिक्षा संकाय नै पढ्नु नपर्ने

काठमाडौँ- सरकारले अध्यापन अनुमति पत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।

‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मेलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा उल्लेख छ।यसअघि केही प्राविधिक विषयबाहेक अनुमति पत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।

प्रकाशित: १५ जेठ २०८० १८:०४ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast