अदालतमा विचाराधीन विषय संसद्‍मा उठाउन पाइँदैन : रवि लामिछाने

हिमाल प्रेस १० जेठ २०८० २०:३८ | Wednesday, May 24, 2023
अदालतमा विचाराधीन विषय संसद्‍मा उठाउन पाइँदैन : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषय संसद्‍मा उठाएको भन्दै कांग्रेस सांसद अजय चौरसियाको विरोध गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद चौरसियाले लामिछानेको नागरिकताको विवाद नसुल्झिएको बताएका थिए।

सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लामिछानेले अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे। अदालतमा विचाराधीन विषयलाई संसद्‍मा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले बताए।

सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको लामिछानेको भनाइ थियो। अदालतमा विचाराधीन विषयलाई हल्लाको भरमा संसद्मा नबोल्न पनि सांसद चौरसियालाई उनले सचेत गराए।

प्रकाशित: १० जेठ २०८० २०:३८ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast