देशको अर्थतन्त्र सुधार गर्न सबैको साथ आवश्यक : देवेन्द्र पौडेल

हिमाल प्रेस ८ जेठ २०८० १३:३७ | Monday, May 22, 2023
देशको अर्थतन्त्र सुधार गर्न सबैको साथ आवश्यक : देवेन्द्र पौडेल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद देवेन्द्र पौडेलले देशको अर्थतन्त्र सुधार गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। सोमबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

देशको अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको उनको भनाइ छ। मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले उल्लेख गरे।

नेपालमा विदेशी लगानीको प्रतिबद्धता ३४ प्रतिशतले घटेको भन्दै अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दल र सम्बद्ध पक्ष एकजुट भएर लाग्नुपर्ने उनले स्पष्ट पारे। नीति तथा कार्यक्रममा भ्रष्टाचारलगायत अनियमिततामा शून्य सहनशीलताको प्रतिबद्धता गरिएकाले वर्तमानमा देखिएका समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।

माओवादी नेतृत्वमा भएको जनयुद्धमा जनताको सहभागिता रहेकाले यसलाई गलत व्याख्या र टिप्पणी गर्न नहुनेमा उनले जोड दिए।

प्रकाशित: ८ जेठ २०८० १३:३७ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast