काठमाडौँ- वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्। आइतबार दिउँसो छतको पर्खाल खसेर बिरामी कुरेर बसेका आफन्तहरू अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते भएका छन्। घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
छतको पर्खाललाई घामपानीले असर गर्दा कमजोर बनेको र पानी परेपछि भत्केको अनुमान अस्पताल प्रशासनले गरेको छ। घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।
प्रकाशित: १७ वैशाख २०८० १६:३३
प्रतिक्रिया